काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि ९४ बुँदे सुझाव दिएको छ ।
छुट्टाछुट्टै अन्तरक्रियामा भएको छलफलपछि सचिव तथा विभागीय प्रमुखलाई ४६ र नियमामक निकाय साथै सार्वजनिक संस्थानलाई ४८ बुँदे सुझाव दिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
त्यस्तै नियामक निकाय र सार्वजनिक संस्थानलाई विनाप्रतिस्पर्धा वा आवश्यकता बेगर परामर्श सेवा सोझै खरिद गरी सार्वजनिक स्रोतको दुरुपयोग गर्ने कार्य बन्द गर्ने, लाभ लगत विश्लेषणसहित सञ्चालन योजना बनाएर मात्र निर्माणजन्य खरिद सम्झौता गर्ने । अनावश्यक रूपमा सामग्री, सफ्ट्वेयर, कच्चा पदार्थ, उपकरणलगायत खरिद नगर्ने, किनेका सवारी साधन तथा यन्त्र उपकरणहरूको नियमित मर्मत सम्भार गर्ने, जिन्सी मालसामनको लिलामीमा कानून पालना नगर्नेलाई कारबाही गर्ने सुझाइएको छ ।