काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सामान्य रुपमा नलिन कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले पछि हुने संसदीय चुनावमा विजय हासिल गर्न पनि स्थानीय तहको निर्वाचन महत्त्वपूर्ण हुने बताएका छन्।
आज (शनिबार) नेकपा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय चुनाव त हो नि भनेर बेवास्ता नगर्न कार्यकर्ताहरूलाई सुझाव दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्ता गठबन्धनको कटु आलोचना गरे ‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र ? यो त अदालतले बनाइदिएको हो’, ओलीले भने, ‘यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ।’