काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी भात्रृसंगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । उनी आफ्नो प्रतिस्पर्धी आरसी लामिछानेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो ।
निर्वाचन समितिले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गरि नसकेको भए पनि उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।
सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् ।


