काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरु राजनीतिक दल छोडेर आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन् ।
उनले नेपाली कांग्रेस र (नेकपा एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई आज माओवादीमा स्वागत गर्दै अरु पार्टीभन्दा माओवादी पार्टी नै वास्तविक जनताको पार्टी भएको दावी गरे । उनले नवप्रवेशीहरुलाई आफूले उचित जिम्मेवारी दिइने उनको आश्वासनसमेत दिएका छन् ।
अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गरे। मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाइ थियो ।
यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् । त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गरेका छन्।