काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर निर्धारण गरेको छ।
बैंकले आज एक आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा कायम गरेको छ भने एक यूरोको खरिद दर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा तोकिएको छ।
बेलायती १ पाउण्डको खरिददर १६९ रुपैयाँ १० पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैँकले जनाएको छ। यसैगरी कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा तोकिएको छ।