काठमाडौं। एआईजी विश्वराज पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा दायर गरेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। बुधबारको सुनुवाइ नसकिएपछि मुद्दालाई आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो।
बुधबार सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू टिकाराम भट्टराई र भीमार्जुन आचार्यले बहस गरेका थिए।
एआईजी पोखरेलले आफू सिनियर हुँदा समेत जुनियर एआईजी (धीरजप्रताप सिंह) लाई आईजीपी बनाएको भन्दै दायर गरेको रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको हो।