काठमाडौं । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ १० पैसा र बिक्री दर १३० रुपैयाँ ७० पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ९४ पैसा र बिक्री दर १४२ रुपैयाँ ५९ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५१ पैसा र बिक्री दर १६२ रुपैयाँ २५ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


