काठमाडौं । सरकारले संघीय संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आज (बिहीबार) देखि छलफल हुने भएको छ।
बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रममाथि संसद्मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ। सरकारले पेश गरेको नीति तथा कार्यक्रममा कुनै नयाँ कुरा नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा ( एमाले) ले यसअघि नै विरोध जनाइसकेको छ । भने सत्तारुढ दलका नेताहरुले नीति तथा कार्यक्रम अग्रगामी भएको भन्दै प्रशंसा गरेका थिए ।