काठमाडौं । आज दिउँसो ३ बजे सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्दै छ ।
पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठकमा माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुनेछ ।
माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ । केन्द्रीय समिति बैठकले पार्टीको विधान सम्मेलनको मिति तय गर्नेछ ।