काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो आजको बैठकमा मन्त्रीहरुसहित केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए । आज बाँकी मन्त्रीहरुले धारणा राख्ने केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
सरकारमा नेपाली कांग्रेसका नौ जना मन्त्रीहरु छन् । तर उनीहरुको काम प्रभावकारी नभएको भन्दै पार्टीभित्र आवाज उठ्दै आएको छ । सरकारमा सहभागी मन्त्रीहरुको कामको समीक्षा गर्न भन्दै बिहीबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको थियो ।