काठमाडौं । सत्ताको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ ।
पार्टीका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ८ बजे बालुवाटारमा बस्ने तय भएको जानकारी दिए ।
पदाधिकारी बैठक मंगलबारबाट सुरु भएको थियो । बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसूची पेस गर्दै समसामयिक विषयमा धारणा राखेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीका उपमहासचिव हरिबोल गजुरेलले प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएकोबारे बैठकलाई जानकारी गराएका थिए ।