काठमाडौं । आज देशका सातैवटा प्रदेशमा भारी वर्षा हुनेसक्ने जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार हाल देशको पूर्वी तथा मध्य भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति सातै प्रदेशको एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षासँगै बाढी र पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।