काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । कम्पनीको हिजो बानेश्वर ब्यांकेटमा सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको हो । सभाले कार्यसमितिमा सुमित्रादेवी न्यौपाने, इन्द्र मणि त्रिताल, भेजप्रसाद तिमिल्सीना, संजिव न्यौपाने र सतिस न्यौपानेलाई कार्य समितिमा चयन गरेको हो ।
कम्पनीका अध्यक्ष सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा भएको सभाले कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले प्रबर्धन गरिरहेको ९।७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो । कम्पनीले ८ मेगावाट क्षमताको तल्लो लोवर ईङवा हाइड्रोपावर आयोजना बनाउने तयारी गरिरहेको छ ।