काठमाडौं । आज उपनिर्वाचनमा मनोनयन दर्ता गराएका उमेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आवश्यक जाँचबुझपछि सोमबार बेलुका उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
२७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।
सोही दिन ५ बजेसम्ममा उमेद्वारले निर्वाचन चिन्ह पाउने छन् । शनिबार उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् । इलाम–२ मा ७९ मतदानस्थल र एकसय ४९ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।