काठमाडौं । एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा गएकी एकजना उपमेयर एमालेमै फर्किएकी छन्।
सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले समाजवादीमा गएको केही महिनामै एमालेमा फर्किएकी हुन्।
उनी २०७४ सालको स्थानीय निर्वाचनबाट उपमेयर बनेकी थिइन्। एमाले फुटेपछि निर्वाचन आयोगले दिएको समयभित्र उनले समाजवादीमा सनाखत गरेकी थिइन्।
काफ्ले सर्लाहीमा चर्चित महिला नेतृ हुन्। उनलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन्।
बम
समाजवमादी छाडेर एमालेमा फर्किएकी काफ्लेलाई महासचिव पोखरेल स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य बद्री मैनालीसहितले स्वागत गरे।
उपमेयर काफ्लेले आफूसँगै समाजवादीमा गएका केही कार्यकर्तालाई पनि एमालेमै फर्काएकी छन्।