काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसाल र एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सिचीन छिनबीच सोमबार मन्त्रालयमा भेटवार्ता भएको छ । ।
छलफलमा मन्त्री भुसालले नेपालको विकासमा एडीबीले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत थप सहयोग हुने विश्वास व्यक्त गरिन् । ऊर्जा एवं सिञ्चाइका क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको मन्त्री उनको भनाइ थियो ।
छलफलमा एडीबीका उपाध्यक्ष छिनले नेपालले ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गरेको र अन्तरदेशीय विद्युत व्यापार नेपालका लागि महत्वपूर्ण भएको उल्लेख गरे । ‘भारतसँग ३६४ मेगावाट विद्युत व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूर्ण खुड्किला हो, यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु,’ उनले भने ।