काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी पास गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री खड्काले एमसीसी राष्ट्रिय सहमतिबाट नै अगाडि बढ्नुपर्ने बताएका छन् ।
एमसीसीमा माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो भनेर पनि प्रश्न गरे । हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिका क्रममा ७ वटा परराष्ट्रमन्त्री बनिसकेका छौं, उनले भने ।
अब एमसीसी एकस्वरबाट अगाडि बढ्नुपर्छ । हाम्रो हितमा छ भने पास गरौं छैन भने अमेरिकालाई भनौं । यो हाम्रो हितमा पाएनौं, उनले थपे, ुत्यसपछि ड्यामेज कसरी कन्ट्रोल गर्ने होला ? एमसीसीबारे जनतामा मिसइन्फर्मेसन, डिस्इन्फर्मेसन तलसम्म तलसम्म गएको पनि मन्त्री खड्काको भनाइ थियो ।
सत्ता गठबन्धन माओवादी केन्द्र र नेकपा एस ले समेत अहिलेकै अवस्थामा एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने अडान लिइरहेको अवस्थामा सरकारमै सहभागी करिष्ठ मन्त्रीले जसरी पनि पास गर्नुपर्छ भन्नाले एमसीसी कै कारण सत्तागठबन्धन धरापमा पर्ने त होइन भन्ने प्रश्न उब्जिएको छ । अर्कोतिर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संशोधन नगरिकन एमसीसी पान गर्न नदिने अडान राखेको छ ।