काठमाडौं नेकपा एमालेले मंगलबार एकसाथ ७५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दै छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट १ बजे उद्घाटन गर्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।
यो अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ र विधानअनुसार अधिकतम संख्यामा नबढ्ने गरी सदस्यहरू रहेको पालिकारइलाका कमिटी निर्वाचित गर्नेछ। पालिका रइलाका मातहतका वडा रशाखा कमिटीका अध्यक्ष पालिका र इलाका कमिटीका पदेन सदस्य हुनेछन्।
नयाँ विधानअनुसार गाउँपालिका र नगरपालिका कमिटीको अधिकतम सदस्य संख्या ७५ हुने व्यवस्था छ। यस्तै, अधिकतम सदस्य संख्या उपमहानगरपालिकामा ८५, महानगरपालिकामा १ सय १ र इलाकामा ५१ हुनेछ। मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन्। यो अधिवेशनबाट ५६ हजारभन्दा बढी नयाँ नेतृत्व चुनिँदै छन्। कम्तीमा एकतिहाइ महिलासहित विविधता प्रतिविम्बित हुने गरी समावेशी कमिटी हुनुपर्ने केन्द्रीय सदस्यसमेत रहेका तामाङले बताए।
नयाँ विधानले पालिका कमिटी दुई अधिवेशनबीचको अवधिमा आफ्नो कार्यक्षेत्रमा पार्टीको मुख्य कार्यकारी संस्था हुने व्यवस्था गरेको छ। त्यसैले पालिका अधिवेशनलाई महत्वका साथ हेरिएको छ।