काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका उपमहासचिव तपेन्द्रजंग शाही र कोषाध्यक्ष दिपेश प्रसाईं पुनः एमालेमै फर्किएका छन् ।
रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सभापतिसमेत रहेका शाही नेकपा एसनिकट अखिल फोर्सका अध्यक्षसमेत थिए । शाहीलाई एमालेनिकट अनेरास्ववियूमा सचिव बनाइने भएको छ ।
त्यस्तै प्रसाईंलाई आयोगको अध्यक्ष बनाइने महासचिव समिक बडालले बताए । पार्टी विभाजन हुँदा नेकपा एस मा लागेका पार्टीका भात्रृसंगठनका नेताहरु धमाधम आफ्नो मूल पार्टी एमालेमै फर्किन थालेका छन् भने अन्य दल त्यागेर एमाले प्रवेश गर्नेहरु पनि दिनहुँ बढिरहेका छन् । यसबाट माधव नेपालको एस पार्टीमा अन्तिमसम्म को रहन्छन् भन्ने प्रश्नचिह्न खडा भएको छ ।