काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका छन् । सचिवालय बैठक अध्यक्ष ओलीको नीजि निवास बालकोटमा ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने केन्द्रीय सदस्य समेत रहेका तामाङले बताए । यसअघि एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीका १५ वटा प्रस्ताव तयार पारेको थियो । बैठकका लागि केही एमाले नेताहरु बालकोट पुगिसकेका छन् छन् ।