काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।
पाँच दलीय गठबन्धनको बैठक लगत्तै सर्वदलीय बैठक सुरु भएको हो। तर यो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी भएको छैन।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सर्वमान्य नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष डा। बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता नारायणकाजी श्रेष्ठ, मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसहित सहभागी छन्।
यो सर्वदलीय बैठकले गत भदौ २३ गतेदेखि संसदमा एमालेले गरेको अवरोध खुलाउने विषयमा छलफल हुने भएको छ।
त्यसैगरी अमेरिकी परियोजना एमसीसीबारे पनि बैठकमा चर्चा हुँदैछ। समाजवादी अध्यक्ष माधवकुमार नेपालको सहभागिता हुने भन्दै एमाले भने यो बैठकमा सहभागी छैन।