काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा मुख्यतयाः महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे गहन छलफल हुनेछ । कांग्रेसमा पनि संस्थापन पक्ष र इतर पक्षको एकमत रहेको छैन ।
सत्ता गठबन्धनका दलहरुबीच भएको भागबण्डा अनुसार नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद परेको छ ।