काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावल नेकपा एमाले फुटाएर अलग पार्टी बनाएका माधव नेपालका लागि एमाले अध्यक्ष केपी ओली भन्दा झन् कडा बनेर निस्किएका छन् । रावलले गृह जिल्ला अछाम पुगेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई तनाव हुनेगरी अभिव्यक्ती दिएका हुन् ।
उनले १५ वर्ष पार्टी प्रमुख भएर पनि नपुगेर माधव नेपालले फेरि खिचडी पकाएको बताए । एमालेका पूर्व उपाध्यक्ष समेत रहेका रावलले व्यक्तिगत लोभ र कुण्ठा त्याग्नुपर्ने बताए ।
उनले माधव नेपालले १५ वर्ष पार्टीको प्रमुख भएर पनि निहुँ खोजेर पार्टी फुटाएकोमा रोष प्रकट गरे । त्यस्तै रावलले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबउवा प्रति पनि कटाक्ष गरे । पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवालार्इ नपुगेको र कुनै पनि समयमा प्रधानमन्त्री भएर भन्न सक्ने एउटा पनि काम नगरेको बताए ।
रावलले एमालेको चितवन महाधिवेशनमा आफूले एजेण्डामा जितेको बताए । उनले महाधिवेशनमा टीका लगाएर कमिटी घोषणा गर्न खोजिएकोमा आफूले जबजको मूल मर्म अनुसार प्रतिस्पर्धामा गएको बताए ।
उनले आफूले पद नै चाहेको भए अध्यक्ष ओलीले उपाध्यक्ष दिएको लिन सक्ने बताए । उनले आठौँ महाधिवेशनमा केपी शर्मा ओली र आफूसँगै हारेको बताउँदै एक पटक हारेर केही नहुने बताए ।
ृ