काठमाडौं । एघार बुँदे ‘माछापुच्छ्रे घोषणा’ जारी गर्दै गाउँपालिका राष्ट्रिय महासंघको बैठक सकिएको छ । महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको अध्यक्षतामा पुस ८ गते कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ होमस्टेमा सम्पन्न बैठकले स्थानीय सरकार सञ्चालन र सरोकारका विषयमा विभिन्न २१ वटा निर्णयका साथै ११ बुँदे ‘माछापुच्छ्रे घोषणा जारी गरेको हो ।
बैठकले गत असार १६ गते सम्पन्न राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले कार्यविस्तृतीकरण परिमार्जनको कार्य ६ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको स्मरण गराउँदै उक्त समयावधि व्यतीत हुनै लागेकाले सरोकारवालाहरुसँग पर्याप्त परामर्श गरी यथाशीघ्र परिमार्जन कार्यलाई सम्पन्न गर्न नेपाल सरकार र परिषद्को ध्यानाकर्षण गराएको छ ।