काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धन सरकार चुनावबाट भाग्न खोजेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस ०५९ सालको जस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव टार्न खोजेको बताएका हुन् ।
पार्टीमा विवाद बढेपछि देउवाले ०५९ सालमा संसद् भंग गरे र संकटकाल लगाएका थिए । त्यस्तै, महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो मोहरा बनाएको आरोप पनि लगाएका छन् ।
‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड.’ पोखरेलले लेखेका छन् ।