काठमाडौं । संसदमा एमालेले निरन्तर बिरोध जारी राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज १० बजे सर्वदलीय बैठक बोलाएका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने जानकारी दिए ।
देउवा सरकारले अध्यादेश ल्याएर आफ्नो दल फुटाएको र सभामुखले सहयोग गरको भन्दै एमालेले संसदमा निरन्तर विरोध गर्दै आएको छ।
संसदको गतिरोध अन्त्यका लागि यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।
एमालेले कारवाही गरेका १४ सांसदबारे सूचना टाँस गर्नुपर्ने अथवा सभामुखले मार्गप्रशस्त गर्नुपर्ने एमालेको अडान छ । त्यस बाहेकका अरु एजेन्डाको कुनै छलफलमा संलग्न नहुने एमालेको अडान छ। संसदमा एमालेको निरन्तर अवरोध अबरोधका बीच पनि सभामुखले सदनका कारवाही अगाडि बढाइरहेका छन्।