काठमाडौं । नेकपा (एमाले) नेता तथा पूर्वमन्त्री भीमबहादुर रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गर्ने बारेको अभिव्यक्तिमा नेपाल सरकार मौन बसेको भन्दै चर्को आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जालमा ‘नेपालको लिपुलेकमा सडक अघि बढाउने भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक भनाइमा नेपाल सरकार किन मौन ? ’ भन्ने प्रश्न गरेका छन् ।
लिपुलेक,कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएका अकाट्य प्रमाण रहेको उल्लेख गर्दै उनले एमसीसी सम्झौताबारे देउवा–ओली (प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली) ले वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने लज्जास्पद चरित्र देखिएको समेत बताएका छन् ।