काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज निर्वाचन आयोगले राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दर्ता भएका दललाई आज चुनाव चिह्न प्रदान गरिने जानकारी दिए ।
दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।
फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ ।