काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समावेशी नेपालका लागि मिश्रित निर्वाचन प्रणालीको विकल्प नभएको बताएका छन् ।
उनले आज उदयपुरको कटारीमा उदयपुर कांग्रेसको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘हामीले समाज जस्तो छ, संसद्लाई पनि त्यस्तै बनाउने परिकल्पना गरेका हौँ, त्यसैका लागि समानुपातिक निर्वाचन प्रणाली ल्याइएको हो,’ उनले भने, ‘तर यो समानुपातिक प्रणालीमा नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने होइन, यस्तो अभ्यासलाई हामीले स्वीकार्न सकिँदैन ।’
महामन्त्री थापाले अहिले तीन वटै तहका सरकारले नागरिकले अनुभूत गर्ने गरी परिणाम दिनुपर्ने बताए ।