काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले आज ४७औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ ।
कांग्रेसले २०३३ साल पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा मनाउँदै आएको छ ।
कांग्रेसले आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा लोकतन्त्र प्राप्तिका लागि पटकपटक भएका आन्दोलनमा योगदान गरेका, वृहत शान्ति सम्झौताका पक्षधरलगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ ।