काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ जनाको मृत्यु भएको छ । कोभिडको तेस्रो लहर आएपछि यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो घटना हो । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन।
मन्त्रालयका अनुसार यस अवधिमा देशभरमा २० हजार १८७ नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआरतर्फ संक्रमणदर बढेर ५६.८ प्रतिशत पुगेको छ । बुधबार ५२.६ प्रतिशतमात्र थियो । पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् । सुरुका केही दिनसम्म मुत्युदर कम भएपनि आजबाट एक्कासी ह्वात्तै बढेपछि जनमानसमा थप त्रास पैदा भएको छ ।