काठमाडौं । कोशी नामकरण गरेपछि त्यसविरुद्धको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सरकारले शहीद घोषणा गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिए ।
चैत ५ गते पहिचानवादीको आन्दोलनको क्रममा घाइते भएका धरानका पदमको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।


