काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय सत्तारुढ गठबन्धनलाई ‘पीडा को संज्ञा दिएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा ओलीले पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका थिए ।
एमालेबाहेकका दलहरूको चर्चा र गन्ती गर्न आवश्यक नै नरहेको र उनीहरू त्यसका लागि लायक नभएको ओलीको भनाइ थियो । ‘पाँच दलीय गठबन्धन यो देशका निम्ति, यस समयका निम्ति कष्ट हो । पाँच दलीय गठबन्धन भनेको पीडा हो,’ उनले भने ।
सत्तारुढ गठबन्धनलाई ओलीले निर्वाचनको माध्यमबाट हटाउनुपर्ने बताए । उनले भने, ‘यस पीडालाई हामीले निर्वाचनको माध्यमबाट पन्छाउनु पर्छ ।’ स्थानीय र संघीय निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले काठमाडौं महानगरपालिकाको मेयरमा एमालेले जित्नुपर्ने बताए । ‘काठमाडौं एमालेले जित्छ । एमालेका उम्मेदवारहरूलाई काठमाडौंका सचेत जनताले विजयी बनाउनेछन्,’ उनले भने ।
कांग्रेसको घोषणापत्रमा आफूनेतृत्वको सरकारको विरोध मात्रै गरिएको उनको भनाइ थियो ।