काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई सशक्त कारबाही नहुँदा पार्टीभित्र केही विकृति मौलाएको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्री देउवाले सोमबार कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
सभापति देउवाले भने, ‘हाम्रो पार्टी गएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर, हामीले बहुमत पुर्याउन सकेनौं । त्यसैले हामीले कसै न कसैसँग मिल्नुपर्छ । तपाईंहरूलाई थाहा छ, हाम्रो पार्टीमा घात, अन्तर्घात पनि छ, घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा फेरि कारबाही गर्न पाइँदैन भन्छन् । के गर्ने ?’