काठमाडौं । नेकपा (एमाले) ले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेललाई दिएको टिकट खोसेको छ । यसअघि बसेको सचिवालय बैठकले उनलाई मेयरका लागि सिफारिस गरेको थियो ।
पार्टीमा ब्यापक विरोध भएपछि पौडेलको टिकट खोसिएको बताइएको छ । एमालेले कृष्ण थापालाई मेयरको उमेदवार बनाउने निर्णय गरेको स्रोतले जानकारी दियो ।
थापाले पनि सामाजिक सञ्जालमा सबैलाई मनोनयनमा उपस्थित हुनका लागि अनुरोध गरेका छन् । कास्कीमा पृथ्वीसुब्बा र खगराजको प्रतिष्ठाको लडाइँले पनि यहाँको एमाले राजनीतिलाई ध्रुवीकरण गरेको छ ।