काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबचि भेटवार्ता भएको छ ।
उनीहरुबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट भएको हो । भेटका क्रममा उनीहरुबीच मुख्य रुपमा राष्ट्रपतिको विषयमा छलफल भएको बताइएको छ ।
“प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जस्तै जुट्यो । राष्ट्रपतिमा पनि त्यसरी नै राष्ट्रिय सहमति जुटाऔं । विश्वका अन्य राष्ट्रमा जस्तै राष्ट्रिय सहमति जुट्ने व्यक्तिलाई राष्ट्रपति बनाउने गरी अघि बढौं,” प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
ओलीले भने पूर्वसहमति अनुसार नै जानुपर्ने अडान राखेका छन् ।


