काठमाडौं । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मृत्यु भएका दुई युवकको परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो ।