काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष भीम रावल ‘अराजक बनेको’ टिप्पणी गरेका छन् ।
मंगलबार सम्पन्न एमाले प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सुनाउँदै भट्टले सामाजिक सञ्जालमा आएका रावलका अभिव्यक्तिहरूलाई लक्षित गर्दै सो टिप्पणी गरेका हुन् ।
रावलले मङ्गलवार बिहान ट्विट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए । त्यसको प्रतिवाद गर्दै भट्टले भने, ‘मतभेदहरू पार्टी कमिटीमा राख्दा उपयुक्त हुन्छ । मिडियामार्फत पार्टीमा भएका मतभेदहरू सार्वजनिक गर्नु भनेको सङ्गठनात्मक रूपमा अराजकताको चरम सीमा हो ।’
रावलले आफ्नो ट्विटमा मंगलवारको ‘कथित भेला’ अपानी १२ विपरीत रहेको आरोप लगाएका थिए । उनले बैठक र यसका निर्णयहरू अवैध रहेको भन्दै आफूले नमान्ने बताएका छन् । भट्टले भने पार्टी कमिटीले गरेको निर्णय अवैध हुन नसक्ने प्रष्ट पारे । ‘कि उहाँले पार्टी नै अवैधानिक हो भन्नु प¥यो नत्र पार्टीले गरेको निर्णय कसरी अवैध हुन्छ रु’ भट्टले थपे, ‘कसैको स्वार्थ अनुसार महत्वाकांक्षा पुरा गर्दा त्यो निर्णय सही हुने, अरू निर्णयहरू अवैध हुने भन्ने कुरा हुँदैन ।’
उनले नगर तथा वडा अधिवेशनहरू पार्टीको निर्णय अनुसार भएको दाबी गरे । सुदूरपश्चिममै रहेका रावल भने मगंलवारको भेलामा सहभागी भएका थिएनन् ।