काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको शेयर बजार मंगलबार पनि उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९८ अंकले बढेर २१०६ दशमलव ४८ विन्दुमा पुगेको छ ।
आज ३१३ कम्पनीको ९९ हजार ६ सय ४१ पटकको कारोबारमा १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ०५ अंकले बढेर ३९७ दशमलव ६९ विन्दुमा पुगेको छ ।