काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डल क्षेत्रको निषेधाज्ञा हटाउनु माग गरेका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट संघीय सांसद रहेका थापाले सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
कांग्रेस सांसद थापाले उक्त निषेधाज्ञाको कुनै औचित्य नभएको पनि बताएका छन्। माइती घर मण्डल जनताको आवाज सरकारलाई सुनाउने ठाउँ भएकाले निषेधाज्ञा हटाउन थापाले आग्रह गरे।
‘सरकारलाई जनताको आवाज सुनाउने ठाउँ हो माइतीघर मण्डल। त्यहीकारण माइतीघर मण्डलको निषेधाज्ञा हटाइदिनुस्,’ थापाले भने।
थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरवाहीले ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान गएको पनि बताए।