काठमाडौं । नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आइतबारसम्मलाई सबै निर्वाचन न कार्यक्रम रोकिएको छ।
२९९ सय सदस्यीय केन्द्रीय कमिटीमा सहमति जुट्न नसकेपछि आज ८ बजेदेखि १०स्३० सम्म हुने भनिएको उम्मेदवारी मनोनयनसहितका सबै निर्वाचन कार्यक्रम आइतबारसम्मलाई स्थगित भएका हुन्।
नेतृत्वले प्रदेश कमिटी समेतको सिफारिसमा विभिन्न क्लस्टर विभाजन गरेर २९९ सदस्यीय केन्द्रीय कमिटीको नाम अध्यक्षमण्डलमार्फत हलमा पेश गर्ने योजना बनाएको थियो।
तर केही प्रदेश कमिटीबाटै केन्द्रीय सदस्यहरुको नाम आउन सकेन। यस्तो अवस्थमा सुरु भइसकेको नयाँ नेतृत्व चयन प्रक्रिया रोकिएको हो अध्यक्षमण्डलले शनिबारै बन्दसत्र हलमा प्यानल प्रस्ताव पेश गर्ने तयारी थियो। तर सहमति नभएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेपछि सबै निर्वाचन कार्यतालिका एक दिन पछाडि सरेको हो।
प्रचण्डले सम्बोधनका क्रममा सबैलाई मिलाउने गरी क्लस्टर छुट्याइएको पनि बताएका छन्।
७ भुगोल सहित ८ प्रदेशलाई जुन कोटा दिइएको छ, आरक्षणसहित समावेशी समानुपातिक मिलाउने गरी प्रदेशलाई कोटा दिइयोु, उनले भने, त्यो बमोजिम नाम आएका छन्। भोलि स्थायी समितिले त्यो नाम हेरेर पदाधिकारीसहितको सूची १ बजे बन्द सत्रमा पेश गर्छौँ, त्यसैमा छलफल गरौँ।ु
पार्टीबाट निर्वाचन कार्यतालिका सार्न आग्रह भएपछि त्यसलाई आइत वारसम्म सारिएको हो।
यस्तोमा अध्यक्ष प्रचण्डले बन्दसत्र हलमा सम्बोधन गर्दै आइतवार १ बजे पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम पनि घोषणा गर्ने बताए।
उनले यति सम्बोधन गरेपछि माओवादीको निर्वाचन कार्यक्रमसहित महाधिवेशनको आजको बैठक सकिएको छ।
अब आइतवार दिउँसो १ बजे मात्रै निर्वाचन कार्यतालिका अघि बढ्नेछ। आइतवार पनि सहमतिबाट नेतृत्व घोषणा हुन नसके प्रक्रिया निर्वाचनमै जानेछ।