काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले मंगलबार पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा अभियानको समीक्षा, आगामी राष्ट्रियसभा निर्वाचन, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए ।
विशेष गरी आगामी १६ पुसमा समापन हुन लागेको जनतासँग माओवादी विशेष अभियानका विषयमा बैठकमा छलफल हुनेछ ।