काठमाडौं । एमसीसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग तथा आसन्न स्थानीय निर्वाचनबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बिहान बस्दै छ।
माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा बुधबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको हो ।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। संसदको बैठकअघि आजै सभामुख अग्नी सापकोटाले कार्यव्यवस्था परामर्स समितिको बैठक पनि बोलाएका छन्।