बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको बताएकी छन् ।
एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताइन् । “पार्टीका पहिलो भएका केही बेमेल, भिन्नतालाई छाडेर अघि बढ्नुपर्छ ।
गुटबन्दीभन्दा माथि उठेर संस्थागतरूपमा पार्टीलाई बलियो बनाउन सबै सक्रिय हुनुपर्छ”, मुख्यमन्त्री शाक्यले भनिन् ।
एमालेको उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री शाक्यले माधव नेपाललाई पार्टी फुटाउन नहुने सल्लाह दिएको र नेपाल लगायतले फटाएर अघि बढेपछि साथ छाडेको पनि बताइन् ।
उनले नेकपा एकिकृत समाजवादी निकै कमजोर पार्टी हुनेसमेत दाबी गर्नुभयो । उहाँले नुवाकोटका पार्टी फुटको असर ज्यादै न्यून परेकाले आगामी दिनमा एमालेको सङ्गठन अझै बलियो हुने बताइन् ।