काठमाडौं । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहलले बुधबार बिहान पदभार ग्रहण गर्दै भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गर्ने निर्णय गरेकी छिन्।
यसका साथै, उनले भरतपुर महानगरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने निर्णय पनि गरेकी छिन्।
यो बीमा सरकारी अस्पतालमा जन्मिएका छोरीहरुका लागि मात्र लागू हुनेछ।
पदभार ग्रहण गर्दै छोरीलाई गरिने बीमा एक लाखको हुने र अवधि १५ वर्ष हुने उनले बताइन्।