काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता कायम हुने बताएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले आइतबार तमु ल्होसारका अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले विभिन्न जातजातिले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने उल्लेख गरेका छन् ।
बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले विज्ञप्तिमा जोड दिएका छन् ।