काठमाडौं । सत्ता नेतृत्व दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभामा पार्टीबाट उम्मेदवार बन्ने ब्यक्तिहरुको टुंगो लगाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
सचिव देवेन्द्र पौडेलका अनुसार यसरी टुंगो लगाएका उम्मेदवारहरुमा कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्द रहेका छन् ।
राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ ।