काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राम्रो काम गरेर देखाउन नसके प्धानमन्त्रीबाट हटाएर खुमलटार पुर्याउने बताएका छन् ।
सांसद समेत रहेका थापाले शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे ।
महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए ।