काठमाडौंं । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूविरुद्ध दाबी विरोध तथा उजुरी दिने समय आजका लागि तोकिएको छ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबार ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।