काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडका लागि आज सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ ।
यस विषयमा सहमति कायम गर्न शनिबार राति अबेरसम्म तीन दलले राष्ट्रियसभा निर्वाचनका लागि सहमतिको अन्तिम ड्राफ्ट तयार गरेका थिए । त्यसमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विरोध गरेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
माधव नेपालले तीन सिटमा दाबी गरेका छन् । तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताइरहेका छन् । आज बिहान माधव नेपाललाई राखेर सहमति गर्ने एक नेताले बताए । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ ।